काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले चुनाव र बजेटको कार्यान्वयन सँगसँगै हुने बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन)ले आयोजनाा गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । चुनावको बेला बजेटको कार्यान्वयन हुनेमा प्रश्न उठिरहको बताउँदै उनले भने, ‘चुनाव र बजेटको कार्यान्वयन सँगसँगै हुन्छ । चाहे चुनाव अघि होस् या त चुनाव पछि ।’उनले आजकै दिनदेखि बजेट कार्यान्वयन हुने बताए । यसको लागि अर्थमन्त्रालयका सचिवलाई आजै सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न निर्देशन दिएको बताए ।
उनले बजेट कार्यान्वयनका लागि ‘फ्रेम वेर्क’ बनाएर नै काम अगाडी बढाउने जानकारी दिए । साथै, उनले यो बजेट संविधान संवद ढंगबाट नै आएको भन्दै कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।