सप्तरी – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन् । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका छन्।
देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। देभभर ६८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको