संवैधानिक इजलासमा विवाद बढेपछि सुनुवाई २३ गतेका लागि सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासमार्फत सुनुवाई २३ गते हुने बताएका हुन् ।
यस्तै प्रधानन्यायाधीश राणाले २३ गते वरिष्ठताका आधारमा नयाँ इजलास बन्ने पनि बताएका छन् । उनले भने, ‘नियमावली संशोधन हुन्छ, अब २३ गते नयाँ रोष्टरअनुसार वरिष्ठताका आधारमा इजलास गठन गरिनेछ, अब दुवैपक्ष किचकिच नगर्नुहोला ।’
यसअघि इजलासबाट न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका थिए । तेजवहादुर केसी र बमकुमार श्रेष्ठले विपक्षी वकिलले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलिरहेका बेला न्यायाधीशद्धय इजलासबाट बाहिरिएका हुन् ।