काठमाडौं – नेकपा (एमाले)ले सर्वोच्च अदालतको संवैधानिक इजलासमा उठेको प्रश्नप्रति आफ्नो धारणा राखेको छ । आजको स्थायी कमिटी बैठकले न्यायापालिकामाथि हस्तक्षेप गर्न नहुने निष्कर्ष निकालेको हो ।
“आफूले भनेकै न्यायाधीश चाहिन्छ । र, आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढंगले सिर्जना गरेका दबाबहरु स्वतन्त्र न्ययापालिकाको मर्मसँग मेल खाँदैन । त्यस्ता कुरा उचित होइनन् भन्ने निष्कर्ष निकालेका छौँ,” प्रवक्ता प्रदीप ज्ञवालीले भने ।