१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

विराटनगर- प्रदेश १ को बजेट अधिवेशन आह्वान गर्ने सरकारले तयारी गरेको छ। जेठ २५ वा २६ मा अधिवेशन आह्वान गर्ने तयारी भएको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गनसमेत विपक्षी दलका नेतालाई मुख्यमन्त्री राईले आग्रह गरे।
बजेट प्रस्तुत
प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूसँग मंगलबार छलफल गर्दै उनले अध्यादेशमार्फत बजेट नआउने बताए। आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरूसँग परामर्श गरेका हुन्।

प्रदेशका विपक्षी दलहरूले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिँदै आएका थिए। यसरी संसद् अधिवेशन माग गर्ने दलका नेताहरूलाई बोलाएर मुख्यमन्त्रीले अध्यादेशबाट बजेट ल्याउने सरकारको कुनै मनसाय नभएको दाबी पनि गरेका थिए। मन्त्रीहरू स्वयंले प्रि-बजेट छलफल नगरे पनि हुने भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरुले आपत्ति प्रकट गरेका थिए।

मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। उनले भने, ‘जेठ २५–२६ तिर आह्वान गर्ने कुरा भएको छ।’

असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ। यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ। बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ। कोरोना महामारीले यसपटक त्यसो गर्न नसकिएको मुख्यमन्त्री राईले बताएका छन्।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र जनता समाजबादी पार्टी संसदीय दलका नेता जयराम यादवको सहभागिता रहेको थियो।

बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको मुख्यमन्त्री राईका सल्लाहकार ध्रुव सुवेदी बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]