१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

काठमाडौं – वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरिएको छ। सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेसँगै नयाँ भवनमा मंगलबारदेखि बिरामी भर्ना गरेर उपचार दिन थालिएको कोरोना युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए। उनले नयाँ भवनमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन सिलिण्डर र लिक्विड अक्सिजनको व्यवस्था गरिएको बताए। तर अक्सिजन प्लान्ट नयाँ भवनमा नभएकाले हाललाई कम अक्सिजन आवश्यक पर्ने बिरामीलाई मात्र राखिएको डा गौतमले जानकारी दिए।‘वीर अस्पतालको पुरानो भवनमा त पहिला पनि बिरामीहरु थिए, म आएपछि आजदेखि नयाँ भवनमा ५० बेड सञ्चालन गरेर बिरामीको उपचार सुरु गरिएको छ,’ डा गौतमले भने, ‘बिरामीहरु नयाँ भवनमा भर्ना भइसके, अहिलेलाई कम अक्सिजन आवश्यक पर्ने बिरामीलाई राखेका छौं।’केहीदिनभित्रै सो भवनमा १०० बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ।बिरामीको चाप र आवश्यकता अनुसार ५०० बेड नै सञ्चालन गर्न पनि तयारी अवस्था रहेको डा गौतमले जानकारी दिए। उनले अक्सिजन प्लान्टको व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए।नयाँ भवनमा बिरामीको उपचार तथा केयरमा खटाउन वीर अस्पतालले आवदेन माग गरेको मध्येबाट १५ जना नयाँ नर्सिङ स्टाफलाई बोलाइएको र थप जनशक्ति अस्पतालमै भएका जनशक्तिबाट व्यवस्थापन गरिएको डा गौतमको भनाइ छ।

कोरोना संक्रमितको चाप बढ्दै गएपछि सरकारले वैशाखमा वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना युनिफाइड अस्पतालको रुपमा घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]