काठमाडौं – कोभिड १९ विरुद्धको चिनियाँ कम्पनी सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छ ।
डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको सो खोप १८ वर्ष उमेर माथिकालाई लगाउनुपर्ने जनाइएको छ । उक्त खोप दुइ डोज लगाउनुपर्ने हुन्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि मात्रै दोस्रो डोज लगाउनुपर्ने बताइएको छ ।
चीनको सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले कोभिड १९ विरुद्ध प्रयोग गर्न अनुमति दिइसकेको छ ।