०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार र निर्माता आदित्य चोपडाविरुद्ध अदालतमा मुद्दा परेको छ । उनीहरूले निर्माण गरेको फिल्म पृथ्वीराजको नाम पृथ्वीराज चौहान गरिनुपर्ने र त्यो फिल्मभित्रको कथामा इतिहासविद्धको सामग्री राख्नु नहुने भन्दै भारतका हिन्दूवादी करनी सेनाले माग उठाउँदै आएका थिए ।

तर, निर्माता तथा अभिनेताले यो कुरामा चासो नदेखाएपछि उनीहरूविरुद्ध आफूहरूले मुद्दा दायर गर्नुपरेको करनी सेनाले जनाएको छ । फिल्मको नाम पृथ्वीराज मात्र राखिनु भनेको भारतीय संस्कृतिमा विश्वास राख्ने प्रत्यक भारतीयको धार्मिक र सामाजिक भावनामा ठेस पुग्नु हो भन्नेकुरा उनीहरूले मुद्दामा उल्लेख गरेका छन् ।यदि आफूहरूले भनेजस्तै फिल्मको नाम पूरा राखिएन र फिल्मभित्रको कथामा आफूहरूले भनेअनुसार फरक गरेमा आन्दोलनमा उत्रने र सो फिल्म प्रदर्शनमा रोक लगाउने पनि करनी सेनाले जनाएको छ ।अभिनेता अक्षय कुमारले करनी सेनाको मागलाई आफूहरूले सम्मान गर्ने बताएका छन् । फिल्म प्रदर्शनीको तयारीमा रहेकाले सो विषय सोचनीय भएको पनि आफूहरूको त्यसतर्फ ध्यानाकर्षण भएको पनि यी अभिनेताले बताएका छन् ।

करनी सेनाले दायर गरेको मुद्दामा अभिनेता अक्षय कुमार, निर्देशक चन्द्रप्रकाश द्विवेदी र निर्माता आदित्य चोपडालाई विपक्षी बनाइएको छ । आफूहरूको मागलाई फिल्म पक्षले बेवास्ता गरेपछि अदालतको सहयोग लिनुपरेको करनी सेनाले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]