काठमाडौँ – कोराना सङ्क्रमणकबाट बिरामी ४५ जना आज सेती अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी गराएका छन्।
भर्ना भएकामध्ये ११ जना आईसीयुमा, तीनजना भेन्टिलेटरमा र बाँकी सङ्क्रमितलाई अक्सिजन दिएर राखिएको उनले बताए। आज अस्पतालमा कञ्चनपुरका २९ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको उनले जनाए।