१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २१, २०७८

मलेसियामा सडक दुर्घटनामा परी एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । साथै ८ जना नेपाली घाइते भएका छन् ।

मंगलबार रातिको ड्युटी सकेर होस्टल फर्किने क्रममा बुधबार बिहान स्थानीय जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवेमा उनीहरु यात्रा गरिरहेको भ्यान दुर्घटनामा परेको थियो । भ्यानमा मलेसियाली चालक र ८ नेपाली सुरक्षागार्ड रहेको मलेसियास्थित नेपाली दूतावासले बताएको छ । दुर्घटनामा परी तनहुँका झपटबहादुर थापाको घटनास्थलमै निधन भएको छ ।

त्यस्तै चन्द्र श्रेष्ठ, खड्ग सुनार, विनोद बास्कोटा, दुर्गा रायमाझी, निम्बाङ तामाङ, जय बहादुर बुढाथोकी, जीतबहादुर थापा र रामकुमार सापकोटा घाइते भएका छन् । जोहोरको थाम्पसन अस्पताल नजिकै बन्डार जाँदै गरेको अवस्थामा जालान स्टुल लाउटमा तीव्र गतिका कारण उक्त सवारी दुर्र्घटनामा परेको स्थानीय प्रहरीको दाबी छ । नेपालीहरु के फोर्स सेक्युरिटी र सुपरियर प्रोटेक्सन एसडिएन, बिएचडी कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका थिए ।

दुर्घटनामा मलेसियाली चालकको पनि निधन भएको छ । घाइते ८ मध्ये ६ जना उपचारपछि होस्टेल फर्किसको र दुई जनाको स्थानीय सुल्तानाह अमिनाह अस्पतालमा उपचार भइरहेको बताइएको छ । भ्यान बिजुलीको खम्बामा ठोकिन पुगेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]