एमाले माधव नेपाल समूहको केन्द्रीय सदस्यहरुसहितको दोस्रो दिनको बैठक सुरु भएको छ । पछिल्लो समय उत्पन्न संकट र आगामी रणनीतिको बारेमा सो समूहका नेताहरु हिजो (बिहीबार) देखि छलफल गरिरहेका छन्।
हिजोबाट भर्चुअल माध्यमबाट सुरु भएको बैठक आज केहीबेर अघि सुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले आगामी रणनीतिको बारेमा छलफल गर्दै नयाँ विकल्पमा जान ढिला गर्न नहुने राय राखेका थिए।
आजको बैठकपछि कसरी अघि बढ्ने भन्ने निष्कर्ष निकाल्ने बताइएको छ । २०७५ जेठ २ को सांगठनिक संरचनामा पार्टीलाई लैजानका लागि अधिकतम पहल गर्न जरुरी रहेपनि त्यसकै लागि अनन्त कालसम्म अलमलिनु नहुने केन्द्रीय सदस्यहरुको भनाइ थियो ।