काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको खिल्ली उडाउँदै मन्त्रिमण्डल पुनर्गठन गरेको आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले ओलीले संवैधानिक मर्यादाको निरन्तर आक्रमण गरिरहेका बेला मन्त्रिमण्डल पुनर्गठनले ओलीको चरित्र थप उदांगो भएको संकेत गरेका छन् ।शुक्रवार ट्वीट गर्दै नेता केसीले अल्पमतमा रही कामचलाउ रुपमा रहेका र संवैधानिक प्रश्नको न्यायिक निरुपणको अवस्थमा रहेका ओलीले निर्वाचन घोषणा र अन्य गतिविधि गर्नु लोकतन्त्रको अलौकिक परम्परा कायम गरेको बताए ।नेता केसीले ट्वीट गर्दै भनेका छन्-‘संवैधानिक मर्यादाको निरन्तर र निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजी को नियुक्ति देखिकैहो।कामचलाउ,निर्वाचन घोषणा गरेको र संवैधानिक प्रश्नको न्यायिक निरूपणको अवस्थामा रहेका प्रमले मन्त्रिमण्डल पुनर्गठन गर्नुले लोकतंत्र र संविधानको खिल्ली उडाउदै, लोकतंत्रको अलौकिक परम्परा कायम गरेका छन।’
प्रधानमन्त्री ओलीले शुक्रवार आफूसँग ७ मन्त्रालय राख्दै १७ जना रहेको मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् ।
‘संवैधानिक मर्यादाको निरन्तर र निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजी को नियुक्ति देखिकैहो।कामचलाउ,निर्वाचन घोषणा गरेको र संवैधानिक प्रश्नको न्यायिक निरूपणको अवस्थामा रहेका प्रमले मन्त्रिमण्डल पुनर्गठन गर्नुले लोकतंत्र र संविधानको खिल्ली उडाउदै, लोकतंत्रको अलौकिक परम्परा कायम गरेका छन।
— Arjun Narasingha Kc (@ArjunNarasingha) June 4, 2021