१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनले बताए ।

जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे । उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]