सप्तरी – पछिल्लोपटक लकडाउन फुकुल्लाे भएपछि सप्तरीमा अाज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लोपटक सप्तरीको बाेदे बरसाइन नगरपालिका वडा न.७ का ६० वर्षीया एक महीलाको मृत्यु भएको छ ।गत मंगलवार संक्रमण देखिएको साे महिलालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन ।
योसँगै सप्तरीको बोदे बरसाईन नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । त्यसेगरि सप्तरीभरि दोस्रो लहर (वैशाख ३ गतेपछि) कोरोनाबाट ९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सप्तरीमा ७९७ जना सक्रिय संक्रमित छन् ।