१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ २५, २०७८

ढाका – बंगलादेशमा लकडाउन समयावधि फेरि थप गरिएको छ । देशव्यापी लक डाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

लकडाउन अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन् । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लक डाउन अझ कडा बनाउनुपरेको उनीहरुको भनाइ छ । यसअघि लागू गरिएको लक डाउन सोमबार सकिएपछि मंगलबारदेखि पुनः निरन्तरता दिइएको हो । बंगलादेशमा कोरोना भाइरस महामारी फैलिएपछि लामो समयदेखि लक डाउन जारी रहेको छ । यसअघि पनि लक डाउन समयावधि पटकपटक थप गरिएको थियो ।
अहिले थप गरिएको लक डाउन आगामी जुन १६ मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । लक डाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए ।

उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ । बंगलादेशमा अहिलेसम्म कुल ८ लाख १२ हजार ९६० जना संक्रमित भएका छन् भने कुल १२ हजार ८६९ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]