जुम्ला – तातोपानी गाउँपालिकाका एकै गाउँका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी गराए। उनका अनुसार मंगलबार राँका गाँउका २५ जनामा कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो। संक्रमितहरुलाई गाउँपालिकाको एउटा विद्यालयमा राखिएको छ। आज संक्रमितलाई मास्क, सेनिटाईजर र पीपीइ किट लगायतका सामग्री वितरण गर्ने उनले जानकारी गराए।