काठमाडौ – विषय केन्द्रित वहस पैरवी सुरु भएपछि सर्वाेच्च अदालतको संवैधानिक इजलाशमा निवेदकका तर्फबाट आफ्ना तर्क राख्न थालिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजबाट सुरु भएको वहसमा निवेदकका तर्फबाट वहस गर्ने कानून व्यावसायीलाई इजलाशले आधा घण्टाको समयावधि तोकिदिएको छ । पहिलो वहस वरिष्ठ अधिवक्ता महादेव यादवले गरे ।उनको वहस सकिए लगत्तै प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले अर्का वरिष्ठ अधिवक्ता शम्भु थापालाई समय दिएका छन् । थापाले पनि संविधानको धारा ७६ (५ं) बमोजिम गठन हुने सरकारलाई दलीय ह्वीप नलाग्ने तर्क गरे । उनले प्रष्ट भने– शेरबहादुर देउवाले १४९ जनाको हस्ताक्षरसहित सरकार बनाउने दाबी प्रस्तुत गरेपछि त्यसको परीक्षण गर्ने ठाउँ कहाँ हो? प्रतिनिधि सभा होइन ?
देउवाले भरपर्दाे आधार प्रस्तुत गरिसकेकाले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्त गरेर ३० दिन भित्र विश्वासको मत लिने मौका दिनुपर्नेमा राष्ट्रपतिले केपी ओली बाहेक अरुलाई प्रधानमन्त्री बन्नै दिन्न भनेजसरी व्याबहार गरेको आरोप थापाले लगाउनु भयो ।