उदयपुर – कोरोना संक्रमणको कारण उदयपुर अस्पतालमा चार संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन शिव यादवले जानकारी दिए। ८४ वर्षीय पुरुष, ५० वर्षीय महिला, ५६ वर्षीय पुरुष र ४१ वर्षीय पुरुष गरी उदयपुरका चार संक्रमितको मृत्यु भएको उनले बताए। उनकाअनुसार आजसम्म ७० जना संक्रमित अस्पताल भर्ना भएका छन्।