सप्तरी – सप्तरीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीकाे तथ्यांक अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको हाे ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा न.–२ का ४६ वर्षीय र वडा नम्वर ११ का ५८ वर्षीय, शम्भुनाथ नगरपालिका वडा न.–९ का ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन । यससँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) मा संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निमित्त प्रमुख यादवले बताएका छन । अहिलेसम्म दोस्रो लहरमा सप्तरीमा कुल २ हजार ४९ जना संक्रमित भएका सप्तरीमा १ हजार २ सय ९६ जना निको भएका छन् ।
हाल ६४९ जना सक्रिय संक्रमित छन् । पछिल्लोपटक सप्तरीको सदरमुकाम राजविराज सहितका स्थानहरुमा लकडाउन समेत खुकुलाे भएको छ ।