०९ मंसिर २०८१, आइतबार
wait Please...

के छ खबर सम्बादाता : नबिन यादव

शनिबार, भाद्र ०६, २०७७

सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।
शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।
धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भन्यो’ अन्सारीले भने ‘धरानमा भेन्टिलेटर खाली थिएन, विराटनगरका अस्पतालले पनि छैन भनेपछि विर्तामोड पुर्‍याइयो । तर उपचार हुन पाएन ।’

धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्‍याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि बीएण्डसीले सुविधासम्पन्न अस्पताल लैजान भन्यो । बीएण्डसीमा उपचार नहुने भएपछि फर्काउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
‘बीएण्डसीमा उपचार हुन नपाएपछि धरान र विराटनगरको नोबेलमा कुरा हुँदै थियो’ अध्यक्ष अन्सारीले भने ‘बाटोमै मृत्यु भएपछि अस्पताल लगिएन ।’

कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि यादवलाई डुलाउँदा डुलाउँदै मृत्यु भएको अन्सारीले बताए ।
उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धरान लगिएको थियो । धरानसम्म पुर्‍याउँदा उनको अवस्था सामान्य जस्तै थियो ।

धरानमा सामान्य जाँचपछि चिकित्सकले भेन्टिलेटर भएको अस्पतालमा लैजान आग्रह गरे । धरानमा भेन्टिलेटर नभएपछि अध्यक्ष अन्सारीले विराटनगरका अस्पतालहरुमा सम्पर्क गरे । तर भेन्टिलेटर खाली नरहेको जानकारी पाए । ‘यहाँ भेन्टिलेटर नपाएपछि विर्तामोडमा वडा अध्यक्षको ज्वाईले भेन्टिलेटर खोज्नुभयो’ उनले भने ‘विर्तामोड पुर्‍याइयो । तर उपचार हुन न पाएर यादव को मृत्यु हुन पुग्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]