सप्तरी – सुखीपुर नगरपालिका –९ बैशाखा गाउँका २७ वर्षिया आरती साहको शल्यक्रियाको क्रममा मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेपछि डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो । राती शल्यक्रिया गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि अस्पतालका डाक्टरहरु फरार भएका छन् । आक्रोशित मृतकका आफन्तहरुले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले लापरबाही गर्ने डाक्टरमाथि कारवाहीको माग गरेका छन् । विहान ८ बजेदेखि १० बजेसम्म आक्रोशित आफन्तले पूर्व पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौंक खण्डमा यातायात अवरुद्ध गरेका थिए । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडी सुरक्षाकर्मी तैनाथी बढाएको छ ।