एजेन्सी – युगान्डाको एक सुन्दर र विशाल ताल जति प्रसिद्ध छ, उति नै खतरनाक पनि छ। त्यहाँ रहेको एक डरलाग्दो गोहीका कारण ताल रहेको लुगांगा गाउँका वासिन्दा सधैं त्रसित छन्। ७५ वर्षको यो गोहीले ८० जनाको ज्यान लिइसकेपछि बल्लतल्ल पक्रन सफलता मिलेको छ। यही कारण यसको नाम ‘ओसामा गोही’ राखिएको छ। लुगांगा गाउँमा ओसामा बिन लादेनको क्रूरताको कथा निकै प्रख्यात छ।