भारतको जम्मू कश्मीरमा प्रहरी र आतंकवादीबिच अहिले मुठभेड भइरहेको एएनआइले उल्लेख गरेको छ। सोपोरे क्षेत्रमा आतंकवादी संगठनले प्रहरी र केन्द्र प्रहरी बलको ‘ज्वाइन्ट टिम’ माथि आक्रमण गरेको हो।
आक्रमणमा दुई प्रहरी र दुईजना सर्वसाधरणको समेत मृत्यु भएको छ। दुई प्रहरी आक्रमणमा घाइते भएका छन्।
कश्मिरका प्रहरी प्रमुख विजय कुमारले आक्रमणको पछाडी लस्कर ए तैबाको संलग्नता रहेको बताएका छन्। हाल आक्रमण भएको क्षेत्रमा प्रहरीको सर्च अपरेसन चलिरहेको छ।
जम्मू-कश्मीर: आतंकियों ने सोपोर के आरामपोरा के नाका पर पुलिस और सीआरपीएफ की संयुक्त टीम पर हमला किया। (तस्वीरें वर्तमान समय के अनुसार नहीं हैं।) https://t.co/vXr8F5WeBy pic.twitter.com/QE6KJ5fWVr
— ANI_HindiNews (@AHindinews) June 12, 2021