१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

काठमाडौं – नेकपा (एमाले)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले कर्णाली प्रदेशमा एमालेको एकल सरकार बन्ने सम्भावना देखाएका छन् । त्यहाँ एमाले एक्लैको सरकार बनाउन आवश्यक मत अर्थात् बहुमत छ ।

“कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनीतिलाई चार सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ । पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्छ ।”उनले एमालेलाई एकपटक लडेपछि धुलो टक्टकाएर उठ्ने मौका मिलेको बताएका छन् । “मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ,” उनको भनाइ छ ।

पछिल्लो समय एमाले मिलाउने नेताहरूको प्रयास सकारात्मक दिशातिर अघि बढेको छ । गण्डकी प्रदेशमा एमाले एकट्ठा देखिएको छ । वाग्मती प्रदेशमा पनि एमाले एक हुनासाथ नीति तथा कार्यक्रम पारित भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]