१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

विराटनगर – चाैधरी ग्रुपको चौधरी फाउण्डेसनले भोजपुर र इलामलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।

फाउण्डेसनको विराटनगरस्थित प्रादेशिक कार्यालयको उद्घाटनका क्रममा आइतबार दुवै जिल्लालाई समान २ वटा अक्सिजन कन्सेन्ट्रटर उपलब्ध गराएको हो । कार्यालयको उद्घाटन गर्दै प्रदेश १ का प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले जिल्ला अस्पताल भोजपुर र इलामलाई ४ थान स्वास्थ्य मेसिन उपलब्ध गराएका हुन्।सो क्रममा प्रदेशसभा सदस्य थापाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने अपेक्षा गरेको बताए।

कोरोना महामारीमा नेपाली आम जनतालाई जोगाउन फाउण्डेसनको सक्रियता आगामी दिनमा थप बढ्दै जानेमा आफू विश्वस्त भएको थापाले उल्लेख गरेका थिए।अर्कोतर्फ कार्यालयका प्रमुख रामजी कट्वालले सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उदेश्यसहित फाउण्डेसन अघि बढेको प्रस्टाएका थिए।दुर्गम जिल्लामा अक्सिजनको अभाव हुँदा कोरोना सङ्क्रमितको उपचारमा भइरहेको जटिलतालाई सहज बनाउने प्रयासका रुपमा स्वास्थ्य मेसिन प्रदान गरिएको उनको भनाइ छ।

त्यसैगरि, आगामी दिनमा पनि चौधरी फाउण्डेसनले सहयोगलाई निरन्तरता दिइरहने विश्वास कटुवालले दिलाएका थिए। कोरोना महामारीका क्रममा मुलुकभर १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री फाउण्डेसनले सहयोग गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]