१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले केन्द्रीय कार्यकारिणी समिति पुनर्गठन गर्ने तयारी गरेका छन् । जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा रहेकामध्ये करिब २० जना नेताहरूलाई पदमुक्त गरी नयाँ सदस्य थप्ने तयारी भएको हो ।

ठाकुर र महतो पक्षले त्यसरी थपिने नामसहित निर्वाचन आयोगमा पुनर्गठनका लागि नामावली पठाउने तयारी गरेको छ ।ठाकुरनिकट स्रोतका प्रथम अध्यक्ष ठाकुरलाई प्राप्त कार्यकारिणी सदस्य हेरफेर गर्ने अधिकारका आधारमा समिति पुनर्गठन गर्ने तयारी भएको हो । त्यसका लागि ठाकुर र महतो पक्षले नामावली पनि तय गरिसकेका छन् । ठाकुर पक्षको दाबीमा केही समय पहिला नै जसपाले अध्यक्ष ठाकुरलाई केन्द्रीय कार्यकारिणी सदस्य हेरफेर गर्ने अधिकार दिएको थियो ।त्यसलाई आधार बनाई ठाकुरले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार विवरण हेरफेर गरिदिन आयोगलाई पत्र लेख्नेछन् । त्यसका लागि अनुसूची १८ को विवरणअनुसार निवेदन दिने तयारी भएको ठाकुरनिकट एक नेताले बताए ।

स्रोतका अनुसार ठाकुर पक्षलाई छोडेर अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका ६ जना नेतासहित उपेन्द्र यादवका केही नेताहरूसमेतलाई पदमुक्त गरेर नयाँ सदस्य थप्ने तयारी भएको हो ।

को को थपिदै छन् ?

ठाकुर पक्ष करिब २० जनालाई कार्यकारिणी सदस्यमा थप्ने तयारीमा छ । ५१ जनाको कार्यकारिणी सदस्यको संख्या नबढाउने तर उपेन्द्र यादव पक्षका नेताहरूलाई कारबाही गरेपछि पुनर्गठन हुने भएकोले त्यसै अनुसार नामावली तयार भएको छ ।ठाकुर पक्षलाई छोडेर यादव पक्षमा लागेका महेन्द्र राय यादव, रमेश यादव, नवलकिशोर साह, रामनरेश राय र गजाधर यादवसहित पूर्वसमाजवादी खेमाका केही नेताहरूलाई कारबाही गरी पदमुक्त गरेको निर्णयसहितको विवरण आयोगमा पठाउन लागिएको छ । र, त्यो विवरण आजै पठाउन लागिएको ठाकुरनिकट स्रोतको दाबी छ ।

ठाकुरनिकट स्रोतबाट प्राप्त जनाकारीअनुसार विजय गुप्ता, परमेश्वर साह, अविराम शर्मा, जयप्रकाश ठाकुर, सुरेश मण्डल, सुरेन्द्र झा, बाबुलाल साह, रमेश पटेल, एकवाल मियाँ, मुकेश झा, कृष्णा सिंह, जय निशान्त, पुष्पा ठाकुर र सत्रजीत यादवलगायतको नाम थप्ने तयारी भइरहेको छ ।त्यसैगरी, राजेन्द्र महतो पक्षबाट उपेन्द्र महतो, अर्जुन उप्रेती, सन्तोष मेहता, राजीव झा, सुरेन्द्र साह, सुनिता साहलगायतको नाम पनि रहेको छ । यता, उपेन्द्र यादव छोडेर ठाकुर पक्षमा लागेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेनुका गुरुङलाई पनि अटाउने तयारी भएको छ ।

तर, यी नाम तय भएसँगै ठाकुर पक्षभित्रै समस्या सिर्जना भएको छ । प्रदेश २ बाटमात्रै नामवली थप गर्न लागिएको र असमावेशी भएको भन्दै ठाकुरमाथि चर्को दबाब बढेको छ ।३० जेठमा जिल्ला अध्यक्षदेखि अन्य प्रदेशका नेता कार्यकर्ता बबरमहलस्थित कार्यालयमा ठाकुरमाथि आक्रमक रूपमा प्रस्तुत भएका थिए । ठाकुरनिकट एक नेताका अनुसार ठाकुरले आफूनिकटलाई मात्रै समेटेपछि अन्य पक्ष आक्रोशित भएको छ भने छलफल बिना नामावली संकलन गरेको भन्दै ठाकुर पक्षभित्रै असन्तुष्टि तीब्र भएको छ ।पूर्वराजपाका अनिल झा, राजकिशोर यादव र शरतसिंह भण्डारी पक्षका नेताहरूलाई नसमेटेको भन्दै ठाकुरमाथि असन्तुष्टि बढेको छ ।

ठाकुरनिकट नेता सुरेन्द्र झाले भने ३० जेठको निर्वाचन आयोगको निर्णयले दुवै पक्षलाई मिल्न सक्ने बाटो दिएको बताउँछन् । झा भन्छन्, ‘जसपाको विवाद मिलाएर जान सकिने गरी आयोगले फैसला गरेको छ, तर परिस्थिति धेरै टाढा पुगिसकेकोले सहज भने छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]