साउदी अरेवियाको शारजाहमा भएको हिंसक घटनाको प्रहरीले छानविन सुरु गरेको छ।
सो घटनामा एकजना भारतीय मारिनुका साथै १३ जना नाईजेरियालीहरु घाईते भएका थिए। भारतीय नागरिक ठूलो भवनको मुनि मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नाइजेरियालीहरूले सो भवनलाई अवैध गतिविधिका लागि प्रयोग गरिरहेका थिए। तर मृतक भारतीय किन भवनमा गएको थियो भन्ने कुरा स्पष्ट छैन।
विष्णु नामका भारतीय नागरिक भवनको तेस्रो तल्लाबाट खसेको अनुमान गरिएको छ। उनि ३ वर्षदेखि कपाल काटने सैलनमा काम गर्दै आएका थिए। उनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो।ती भारतीयलाई किन भवनबाट फ्याँकियो भनि प्रहरीले अनुसन्धान शुरू गरेको छ।
सो घटनामा घाईते भएकाहरु मध्ये कतिपयको अवस्थामा सुधार भए पछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो भने कोही अझै अस्पतालमा रहेका छन्। गम्भीर घाइते भएकाहरूको शल्यक्रिया गरिदैंछ। सो झगडामा चक्कु र लाठी प्रयोग गरेको देखिएको छ ।