१४ मंसिर २०८१, शुक्रबार
wait Please...
भारतीय र श्रीलंकाली सशस्त्र सेना शान्ति स्थापना का लागि एक साथ

यस अघि दक्षिण सुडानमा १ सय ३५ भारतीय र १ सय ३ श्रीलंकाली शान्ति सेनालाई संयुक्त राष्ट्र संघीय मेडल द्वारा सम्मानित गरिएको थियो।

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

एजेन्सी – भारतीय र श्रीलंकाली शान्ति सेना दक्षिण सुडान मा एक साथ मिलेर संयुक्त राष्ट्रिय संघ अभियान (युएनएमआईएसएस) मा कार्यरत छन्। यसबाट दुवै देशका सेनाले आपसी सद्भाव र घनिष्ठतालाई प्रदर्शित गरिरहेका छन्।

भारतीय शान्ति सेना बोर, पिबोर र अकोबोको अस्थायी सञ्चालित बेस मा तैनाथ गरिएका छन्। उनीहरू देशका विभिन्न स्थानमा पशु चिकित्सा लगायत नागरिक सैन्य सहित विभित गतिविधिहरूमा संलग्न छन्।श्रीलंकाली शान्ति सेना भने ब्लु बेरेट्स उड्डयन एकाईमा तैनाथ छन्। विगतमा उक्त क्षेत्रमा दुईवटा हेलिकप्टरलाई गोली प्रहार गरिएको थियो। यसको बावजूद पनि श्रीलंकाली शान्ति सेना अहोरात्र आफ्नो सेवामा खटिरहेका छन्।

विभिन्न देशका शान्ति सेना मध्ये सो अभियानका लागि भारतीय र श्रीलंकाली सेनाको चयन गरिएको थियो। श्रीलंका स्थित भारतीय उच्चायोगले बिहीबार बताए अनुसार २४ सय १८ भारतीय र ६ सय ८६ श्रीलंकाली जवानले संयुक्त रुपमा युएनएमआईएसएस मा सेवारत कर्मचारी को कुल संख्या को २० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन्।यस अघि दक्षिण सुडानमा १ सय ३५ भारतीय र १ सय ३ श्रीलंकाली शान्ति सेनालाई संयुक्त राष्ट्र संघीय मेडल द्वारा सम्मानित गरिएको थियो। उनलाई यो सम्मान बोरमा उनीहरू ले संयुक्त राष्ट्र अभियानमा दिएका योगदान का लागि प्रदान गरिएको थियो।

तिनका योगदान र बहादुरी को सराहना गर्दै संयुक्त राष्ट्र संघका कमाण्डर लेफ्टिनेंट जनरल शैलेश तिनाईकरले दक्षिणी सुडानको चुनौतीपूर्ण वातावरणमा पनि युएनएमआईएसएस जनादेशको पूर्तिमा योगदान पुर्‍याएकोमा तिनलाई हार्दिक बधाई दिनुभएको थियो।युएनएमआईएसएस सेना कमाण्डर लेफ्टिनेंट जनरल शैलेश तिनाईकरले भन्नु भयो, ” दक्षिणी सुडानको चुनौतीपूर्ण वातावरणमा पनि युएनएमआईएसएस जनादेशको पूर्तिमा योगदान पुर्‍याएकोमा सम्पुर्ण अधिकारी र सेनालाई मेरो हार्दिक शुभकामना र बधाई।”

भारतीय शान्ति सेनाले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अन्तरसम्प्रदायिक हिंसाले ग्रसित दक्षिणी सुडानको अस्थिर भाग जोंगलाई राज्य र पिबोर क्षेत्रमा अक्सर “हिंस्रक” गतिविधि को‌ पनि सामना गरेका छन्।साथै बाढी पहिरो का कारण हजारौं मानिस विस्थापित भएका छन् र स्थिति झन् जटिल बन्दै गएको छ।सेक्टर पूर्व कमाण्डर ब्रिगेडियर जनरल दीपक कुमार बानिया पनि समारोहमा सामेल थिए। उनले भन्नुभयो, “शान्ति स्थापना गर्ने शान्ति सेनाको अटल इच्छा प्रति म नमन गर्दछु। यस मेडल र सम्मानका उनीहरू वास्तविक हकदार हुन्।”

उनले भन्नुभयो, “शान्ति को मूल्य कहिलेकाँही धेरै उच्च हुन्छ।” साथै उनले भारतीय शान्ति सेनाले ४९ शान्ति स्थापना अभियानमा भाग लिएका र १५७ जना जवानले ज्यान गुमाइसकेका पनि बताउनुभयो।श्रीलंकाई उड्डयन इकाईले पनि आफूले पुगाएको योगदान का लागि उचित प्रशंसा पाएका छन्।तिनाईकरले श्रीलंकाली सेनाको प्रशंसा गर्दै भन्नु भयो, “तपाईंहरु सबैभन्दा कठिन परिस्थितिमा उड्नुभयो। विगतमा, देशको यस भागमा दुईवटा हेलिकप्टरहरू माथि आक्रमण भएको थियो तापनि तँपाईहरुले आफ्नो महत्वपूर्ण काम जारी राख्नुभयो। तँपाईहरु वास्तवमा मा नै साहसी र प्रतिबद्ध पाइलट हुनुहुन्छ।”

भारत र श्रीलंका बीच रक्षा र सुरक्षामा घनिष्ट सम्बन्ध रहेको छ। समुद्री सुरक्षा, संयुक्त अभ्यासहरू आदि सहित विभिन्न क्षेत्रहरूमा दुई देशका सेना बीच द्विपक्षीय संलग्नताको बहु-आयामी प्रकृति देख्न सकिन्छ।भारत सरकारले एमभी एक्सप्रेस पर्लमा आगो निभाउन र वातावरणीय समस्या सम्बोधन का लागि श्रीलंकाबाट अनुरोध प्राप्त गरेको केही घण्टामा नै विभिन्न स्रोत संसाधन श्रीलंका पठाइएको थियो।

यतिमात्र नभएर २०२० को सेप्टेम्बर अपरेसन सागर आरक्ष को बेला र २०१७ मे‌ महिनामा आएको बाढी को बेला भारत श्रीलंका को साथ थियो र प्रथम प्रतिक्रिया र सहयोग प्रदान गर्ने मैत्री मुलुक बनेको थियो।
स्रोत : ईन्डीया नीव्ज नेटवर्क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]