भारतमा श्रीमान्ले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरेर हत्या गरेका छन् । झारखण्डको पाकुडमा एक पुरुषले खाना नबनाएको कारण आफ्नो श्रीमतीको हत्या गरेका हुन् ।
भारतीय प्रहरीका अनुसार ती पुरुष श्रीमतीको हत्या गरेर फरार भएका थिए । प्रहरीले फरार रहेका पुरुषलाई पछि पक्राउ गरेको हो ।पक्राउ परेका पुरुषको बयान अनुसार उनले श्रीमतीलाई खाना बनाउनको लागि भने तर श्रीमतीले आफूलाई सन्चो नभएको भन्दै खाना नबनाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो ।
सोही क्रममा उनले चक्क्ले श्रीमतीलाई प्रहार गरेका थिए । उनले श्रीमतीको निकै निर्मम तरिकाले हत्या गरेका थिए । भारतीय प्रहरीका अनुसार मृतक महिलाको शरीरमा १२-१२ ठाँउमा चक्कुको निसान थियो । श्रीमतीको मृत्यु भएपछि उनी फरार भएका थिए ।