इस्लामावाद – पाकिस्तानमा ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको छ ।
खरोटावाद क्षेत्रमा बिहीबार एक माध्यामिक विद्यालय नजिकै भएको एउटा हाते ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको हो । अरू दुई जना घाइते भएका छन् । काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) का अधिकारीहरूका अनुसार १३ देखि १८ वर्षका किशोरहरुको मृत्यु भएको हो । उनीहरु एक कब्रस्तानबाट फर्किएर घर जाँदै गरेको अवस्थामा विस्फोट भएको थियो ।
बाटोमा भेटेको उपकरण समातेर खेलाउने क्रममा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।