१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १०, २०७८

काठमाडौं – प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने तयारी गरेका छन्। देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो।

सडक संघर्षका कार्यक्रम बनाउनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाइएको नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै आफुहरुले राजनीतिक र कानुनी लडाइँ साथसाथै अगाडि लैजाने उनको भनाइ छ।प्रतिनिधि सभा विघटनविरूद्धका रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ। लोकतन्त्रका पक्षमा जनमत निर्माण गर्नका लागि सडक संघर्षका कार्यक्रम हुनु स्वभाविक हुने बताइएको छ। गठबन्धनका दलहरूबीच छलफल गर्दै अगाडि बढ्नुपर्ने भएकोले कार्यदल बनेको बताइएको छ। निषेधाज्ञाले गर्दा जनता सडकमा आउन नमिलेको कारणले पनि सडक संघर्षमा जान हतार नगरिएको नेता गुरुङको भनाइ छ।

सरकारले असंवैधानिक काम गरेको भन्दै सरकारविरूद्ध ५ विद्यार्थी संगठन आजै देखि आन्दोलनमा उत्रने भएका छन् । आाज अपरान्ह ३ बजे काठमान्डौंको प्रदर्शनी मार्ग सहित देशभर विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]