१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १०, २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत देशमा स्वेछाचारी शासन चलाउन खोजेको बताएका छन्।

बिहीबार विपक्षी गठबन्धनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन्।उनले भने, ‘केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसदलाई भंग गरेर राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक निकायहरुलाई अध्यादेश ल्याएर त्यसको प्रकृया, संवैधानिक व्यवस्थालाई तहसनहस पारेर कब्जा गर्ने र स्वेछाचारी शासन र निकरंकुशतातर्फ मुलुकलाई लैजान चाहेका छन्।’अघिल्लो पटकको संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चले संसद पुनःस्थापना गरेको अवस्थामा राजीनामा दिनुपर्नेमा ओलीले त्यसो नगरी दोस्रो पटकसमेत संसद विघटन गरिदिएको उनले बताए।

प्रधानमन्त्री ओलीलाई लोकतन्त्र, स्वतन्त्रता र संविधानवादमाथि विश्वास नभएको यादवको भनाइ छ।उनले भने, ‘ओलीलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र संविधानवादमाथि विश्वास छैन। उनी यसलाई समाप्त पारेर निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन्।’ओली सरकारले प्रेस ऐन ल्याएर प्रेसको घाँटी समाउन खोजेको उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]