१४ मंसिर २०८१, शुक्रबार
wait Please...
भारत महामारी समर्थन उद्योगको लागि सबैभन्दा ठूलो ईकोसिस्टम मध्ये को एक : रक्षा सचिव

महामारीले चिकित्सा मांग क्षेत्र मा नवीनता ल्याएको छ: रक्षा सचिव

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

एजेन्सी – रक्षा सचिव अजय कुमार‌का अनुसार कोविड १९ महामारी को बीचमा भारत महामारी समर्थन उद्योगको लागि सबैभन्दा ठूलो ईकोसिस्टम मध्ये को एकको रुपमा उदाएको छ। एक, भारत महामारी विरुद्ध आफ्नो लडाई आफै लड्न सक्षम भयो।

दोस्रो, भारतले आफ्ना मित्र राष्ट्र र छिमेकी मुलुकलाई समेत महामारी लडाइ मा सहयोग प्रदान गर्न सक्षम रह्यो। बुधबार रूसको मस्कोमा आयोजित ‘कोविड १९ बिरूद्ध लड्न सैन्य एजेन्सीहरूको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी ९ औं मस्को सम्मेलनको पूर्ण सत्रमा आफ्नो सम्बोधनमा सुरक्षा सचिवले कोविड १९ जस्ता महामारी विरुद्ध लड्न सम्पुर्ण विश्व ले नै सक्रिय सहयोग, अनुसन्धान साझेदारी र एक अर्काको शक्तिहरूको लाभ उठाउने जस्ता तरिका अपनाउनु पर्नेमा जोड दिनुभयो।‌

महामारीको बिरूद्ध लड्न भारतले अरू देशलाई गरेको सहयोग बारे प्रकाश पार्दै रक्षा सचिवले भने, “भारतले आफ्नो लडाई मात्र लडेन बल्कि भारतले आफ्ना मित्र राष्ट्रलाई‌ पनि कोविड १९ विरुद्ध लड्न सहयोग गर्यो र निरन्तर सहयोग गरिरहेछ।”उनले भारत आफै महामारीका‌ कारण चिकित्सा र आर्थिक तनाव बाट गुज्रिरहेको समयमा‌ पनि आफ्नो पुरानो सिद्धान्त वसुधैव कुटुम्बकम-“सम्पूर्ण विश्व एक परिवार” अनुसार अन्य मुलुकलाई सहयोग प्रदान गर्न अलिकति पनि नहच्केको बताउनुभयो।

कुमारले खाँचोमा परेका राष्ट्रका लागि चिकित्सा सहायता प्रदान गर्न भारतले रैपिड रेस्पोन्स टोली परिमार्जन गरेको बारे पनि बताउनुभयो।१ सय ५० भन्दा बढी देशलाई विभिन्न प्रकारका चिकित्सा आपूर्तिहरू पठाइएको थियो। उनले २०२० को वसन्त र गर्मीयाममा १ सय २० भन्दा बढी राष्ट्रलाई प्यारासिटामोल र हाइड्रोक्सीक्लोरोक्विन जस्ता आधारभूत औषधि आपूर्ति गरेको बारे पनि प्रकाश पार्नुभएको थियो।’वन्दे भारत’ अभियान का बारे उल्लेख गर्दै उनले यो अभियान आज सम्मको सबैभन्दा ठूलो रसदिय अभ्यास भएको पनि जानकारी दिनुभयो। यस अभ्यास अन्तर्गत अधिकांश एयरलाइन्स बन्द हुँदा पनि भारतमा फँसेका १ सय २० राष्ट्र का १ लाख २० हजार विदेशी नागरिकको उद्धार गरिएको थियो भने हवाई र समुद्री मार्ग बाट ७० लाख मानिसको आवाजाही सक्षम बनाइएको थियो।

रक्षा सचिवले भारत महामारी समर्थन उद्योगको लागि सबैभन्दा ठूलो ईकोसिस्टम मध्ये को एक भएको र पीपीई किटको दोस्रो ठूलो उत्पादक भएको पनि दावी गर्नुभयो। महामारीले चिकित्सा मांग क्षेत्र मा नवीनता ल्याएको बारे पनि उनले प्रकाश पार्नुभयो। यस उद्योगले कोविडसँग सम्बन्धित विभिन्न औषधीहरू, खोपहरू, भेन्टिलेटरहरू, उपकरणहरू, डायग्नोस्टिक किटहरू र अन्य आपूर्तिहरू विकसित गरेको र लगभग १ सय ५० देशलाई यी सामग्री आपूर्ति गरिएको पनि बताउनुभयो।उनले खोप नै महामारीको लागि देशको प्रतिक्रियाको मुख्य आधार रहेको बताउँदै खोप र औषधीहरूमा सबैलाई प्रभावकारी र किफायती रुपमा समान पहुँच दिन भारत सरकारको संकल्प पनि दोहोर्याउनु भयो। उनले हालसम्म भारतले अन्य राष्ट्रलाई ६ करोड ६० लाख खोप खुराक प्रदान गरिसकेको पनि उल्लेख गर्नुभयो।

कुमारले रसियालाई कोविड १९ बिरूद्ध अग्रणी लडाकूको रूपमा वर्णन गर्नुभयो र स्पुतनिक भीले भारतमा महामारीलाई शान्त पार्न महत्वपूर्ण भूमिका खेल्ने पनि आशा गर्नुभयो।“भारतमा खोपको द्रुत उत्पादन चाँडै सुरु हुने अपेक्षा गरिएको छ। भारतमा स्पुतनिक भि को ९० करोड खुराक उत्पादन हुने अपेक्षा गरिएको छ। सो उत्पादन विश्वव्यापी उत्पादनको ७० प्रतिशत हुनेछ।”कोविड १९ बिरूद्ध लडाईमा भारत र विदेशमा नागरिक अधिकारीहरूलाई सहयोग पुर्‍याउनका लागि स्वास्थ्य मन्त्रालय र सशस्त्र बलले गरेका प्रयासहरुको बारेमा विस्तृत वर्णन गर्दै रक्षा सचिवले रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ), तीन सेवाहरूको साथ साथै महानिर्देशनालय सशस्त्र बल चिकित्सा सेवाहरू(डीजीएएफएमएस) को योगदानको सराहना गर्नुभयो।

उनले कोविड १९ बिरूद्ध डीआरडीओले २-डीओक्सी-डी-ग्लूकोज (२-डीजी) को सबैभन्दा आशाजनक प्रयोग पत्ता लगाएको बारे पनि बताउनुभयो। साथै उनले डीआरडीओले केही दिनमै कोविड सेवा सुविधा को स्थापना गरेको र लाइट कम्ब्याट एअरक्राफ्ट (एलसीए) तेजसमा अन बोर्ड अक्सिजन उत्पादनको लागि विकसित मेडिकल ऑक्सीजन प्लान्ट टेक्नोलोजी प्रयोग गरी ५ सय मेडिकल अक्सिजन प्लान्ट स्थापना गरिएको बारे पनि बताउनुभयो।नागरिक अधिकारीहरूलाई सहयोग प्रदान गरेकोमा सशस्त्र बलको प्रशंसा गर्दै कुमारले कोरोनाको प्रथम लहरको बेला सेनाले विभिन्न सुविधा केन्द्रहरू स्थापना गरेको र चिकित्सा आपूर्ति ढुवानी गर्न विशेष सैन्य रेलहरू सञ्चालन गरेको बारे पनि उल्लेख गर्नुभयो।दोस्रो लहरको बेला भारतीय नौसेनाले हिन्द महासागर क्षेत्रमा ठूलो संख्यामा चिकित्सा आपूर्ति र टोलीहरू पठाएको र ११ वटा नौसैनिक जहाजले १५ सय मेट्रिक टन भन्दा बढी आपतकालीन तरल मेडिकल अक्सिजन पुगाएको पनि जानकारी दिनुभयो। भारतीय वायुसेनाले करिब १८ सय उडान गरेर १५ हजार मेट्रिक टन अत्यावश्यक चिकित्सा आपूर्ति गरेको पनि बताउनुभयो।

रक्षा सचिवले एएफएमएसले सेवानिवृत्त डाक्टरहरू र प्यारामेडिक्स लगायतका अतिरिक्त डाक्टरहरू तैनाथ गरेको मा र सेवा कर्मीहरूको साथसाथै नागरिकहरूको लागि २४ सै घण्टा अस्पतालहरूको प्रबन्धन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।रूसी संघको रक्षा मन्त्रालयले जून २२ देखि जून २४को बीच अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी ९ औं मस्को सम्मेलन आयोजना गरिरहेको छ। २०१२ देखि वार्षिक रूपमा आयोजित हुने यो सम्मेलन महत्वपूर्ण सुरक्षा वार्ता हो।कोविड १९ जस्ता विश्वव्यापी चुनौतिहरुले राष्ट्रहरुको बीचमा कुनै भेद नगर्ने उल्लेख गर्दै रक्षा सचिवले भविष्यमा यस्ता महामारी बाट जोगिन विश्वव्यापी प्रतिक्रियाको लागि पूर्वाधार र क्षमता अभिवृद्धि गर्न जोड दिनुभयो।

उनले अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय खोपमा केन्द्रित हुन र कोभिड १९ महामारीको सामना गर्न अघि बढ्न आग्रह गर्नुभयो। “नवीनतम प्रविधि को प्रयोग गरिनुपर्दछ। उदाहरण को लागी, कृत्रिम बुद्धिमत्ता संक्रमण पूर्वानुमान, डेटा विश्लेषण र कोविड संक्रमण को सटिक निदानका लागि प्रयोग मा ल्याउन सकिन्छ।” उनले सुझाव दिनुभयो।भारत र रूस रक्षा सम्बन्धमा कुमारले यी सम्बन्धहरूलाई दुई देश बीचको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको अभिन्न आधारस्तम्भको रूपमा वर्णन गर्नुभएको छ। उनले उच्च प्रविधियुक्त रक्षा उत्पादन को सह विकास र सह उत्पादन को लागि भारतको ‘मेक इन इण्डिया’ कार्यक्रममा सक्रिय रुपमा सामेल हुने रुसको इच्छुकताको स्वागत गर्नुभएको छ।

उनले सैन्य र सैन्य प्राविधिक सहयोग सम्बन्धी भारत-रूस अन्तर-सरकारी आयोगको अर्को बैठकको लागि यस वर्षको अन्तमा रुसी रक्षामन्त्री जनरल सेर्गेई शोइगुको भारत भ्रमणको अपेक्षा गर्नुभएको छ।

स्रोत : ईन्डीया नीव्ज नेटवर्क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]