१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व राजालाई गुहार्ने काम पूरा भएकाे आरोप लगाएका छन्।

राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्याे काम बिहीबार प्रचण्डले पूरा गरेको एमाले नेता पोखरेलले टिप्पणी गरेका हुन्।यद्पि पाेखरलेले आफ्नाे टिप्पणीमा प्रचण्डकाे नाम ताेकेका छैनन्।बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भनेका थिए।राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए, ‘कमसेकम राजाको सान त थियो।’

प्रचण्डकाे याे अभिव्यक्तिप्रति लक्षित हुँदै पाेखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]