१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

काठमाडौं – १४ जनप्रतिनिधिसहित २९ जना निर्वाचित पदाधिकारीले हालसम्म नेकपा माओवादी केन्द्र छाडिसकेका छन्। जसमा २ राष्ट्रियसभा सदस्य, ४ प्रतिनिधिसभा सदस्य, ९ जना प्रदेशसभा सदस्य रहेका छन्।

त्यस्तै, २ नगरपालिका प्रमुख, पाँच उपप्रमुख, एक–एक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा ४ वडाध्यक्ष र एक नगर कार्यपालिकाका सदस्यले माओवादी केन्द्र परित्याग गरेका छन्। त्यसैबीच, माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ। माओवादी केन्द्रले कारबाही गरी पार्टी त्याग गरेको निर्वाचन आयोगमा लिखित निवेदन दिएपछि दुई जना नगरपालिका प्रमुख, पाँच जना उपप्रमुख, एक–एक गाउँपालिका अध्यक्ष्य उपाध्यक्षसहित १४ जनप्रतिनिधिको पद गएको हो। निर्वाचन आयोगले १४ जनप्रतिनिधिको दल त्याग गरेको र उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ। पदमुक्त हुनेमा ७ जना त रौटहट जिल्लाकै छन् भने ४ जना कैलालीका छन्। रौतहट मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी पत्नी हुन्। प्रभु साह पनि माओवादी केन्द्र छाडेर एमालेमा गएकाले माओवादी केन्द्रले सांसद पद हटाएको थियो। रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नगरपालिकाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ। प्रमुख रीनाकुमारी र उपप्रमुख गौरीशंकर प्रसादको मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको छ।

महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ। सिरहा नगरपालिका नगर कार्यपालिका सदस्य सतमलीला दास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका– ७ वडाध्यक्ष सुरेशकुमार थापा, कैलाली गौरीगंगा नगरपालिका–४ का वडाध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगपालिका–४ का वडाध्यक्ष पुरनसिंह बीसी पदमुक्त भएका छन्। यसअघि पनि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य गरी झन्डै दुई दर्जन जनप्रतिनिधिले माओवादी केन्द्र परित्याग गरिसकेका छन्। राष्ट्रियसभाका सांसद रामबहादुर थापा र चन्द्रबहादुर खड्काले माओवादी छोडेका कारण पद गुमाएका छन्। थापा र खड्काको स्थानमा नयाँ निर्वाचन पनि भइसकेको छ। एमालेबाट उनीहरू दुवै निर्वाचन सहभागी भए पनि पराजित भएका छन्। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले माओवादी छोडेका छन्। सुदूरपश्चिमका झपडबहादुर बोहरा, कर्णाली प्रदेशका धर्मराज रेग्मी, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी, प्रदेश नम्बर दुईका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी शाह र मोहम्मद समीरको पनि सांसद पद गुमेको थियो। प्रदेश नम्बर १ का टंक आङबुहाङले पनि माओवादी केन्द्र छोडेका छन्।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पद त्याग गरी उनीहरूको स्थान रिक्त भए पनि निर्वाचन भएको छैन। २३ जना माओवादी केन्द्र त्याग गरेकालाई एमाले केन्द्रीय सदस्य बनाइसकिएको छ। केन्द्रदेखि प्रदेश जिल्लासम्मै पछिल्लो समयमा ठूलो सख्यामा नेता कार्यकर्ताले माओवादी केन्द्र छोडेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]