फाईल फोटो
महाधिवेशन आयोजक कमिटी बैठकको तयारी गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ ।
बुधवार बस्ने आयोजक कमिटीको बैठकको तयारी स्वरूप मंगलवार साँझ स्थायी कमिटीको बैठक बस्न लागेको एक सदस्यले लोकान्तरलाई जानकारी दिए । पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काएको निर्णय गर्न बुधवारका लागि एमालेले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्न जेठ २ गतेको संरचना ब्यूँताउने निर्णय यसअघिको स्थायी कमिटी बैठकले गरेको थियो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते गरेको अपीलको आधारमा पार्टी एकताका लागि पहल जारी गरेको ती नेताले बताए । जेठ २ गतेको अवस्थाको संरचनामा फर्केपछि बैठकमा माधव नेपाल पक्षका केही नेताहरू बैठकमा सहभागी हुने संस्थापन पक्षको विश्वास छ ।