पश्चिमी सीमा क्षेत्रमा गएको डेढ वर्षदेखि को विवाद र त्यसपछि महामारीको विश्वव्यापी प्रसारण का कारण भारत र चीन बीचको सम्बन्ध बिग्रदों
एजेन्सी – चीन प्रति बढ्दो असन्तुष्टि केवल सीमा विवाद, महामारी मा मात्र सीमित छैन। यो असन्तुष्टि अहिले व्यापारिक र प्रचलित मान्यता मा पनि झल्किन थालेको छ।
भारतले सीमा विवाद अन्तर्गत चीन सन् २०२० मार्च महिना अघि जुन स्थिति मा थिए पुनः त्यही स्थिति मा फर्किनु पर्ने अडान लिंदै आएको छ। अनिमात्र द्वीपक्षीय सम्बन्ध सुधार्न सकिने अडान पनि भारतीय पक्षको रहेको छ।पहिले सीमा विवाद त्यस लगत्तै महामारी का कारण भारतले चीन प्रति कडा प्रतिक्रिया दिन थालेको छ। महामारीले सिर्जना गरेको भयानक परिस्थिति सँग लड्न भारतले अप्रिल-मे महिनामा लकडाउन, व्यापक खोप कार्यक्रम, विदेश स्थित प्रभावित भारतीय नागरिकको निकासी लगायत विभिन्न कदमहरु चालेको थियो। तापनि देशमा अक्सिजन को कमी का कारण मृतक संख्या व्हात्तै बढेको थियो।सन् १९९० यता चीनले सिमा मा व्यापक सेना परिचालन गर्दै अवैध रुपमा सिमा कब्जा गर्दै आएको छ। उसले पैंगोंग त्सो क्षेत्रको फिंगर ८ देखि ५ सम्म को क्षेत्र कब्जा गरेको छ। गत वर्ष जून महिनाको २० तारिख मा भने उक्त गतिविधि ले सिमा नाघेको थियो जब द्वीपक्षीय झडपमा २० भारतीय सेना शहिद भएका थिए। सो घटनाको ८ महिनापछि चीनले पनि आफ्नो ४ सेनाको मृत्यु भएको पुष्टि गरेको थियो। त्यतिमात्र नभएर चीनले आधिकारिक रुपमा मृत्यु संख्या बारे प्रश्न उठाएका आफ्नै नागरिकलाई समेत जेल चलान गरेको थियो।
दुबै देशहरूले हाल पर्याप्त मात्रामा सेना परिचालन गरेका छन् र सशस्त्र गतिरोध हाल पनि व्याप्त छ।यी दुई घटनाका कारण चीन प्रति भारतीयहरुले आफ्ना धारणा परिवर्तन गर्न थालेका छन्। सन् २०२० को जून महिनामा सीभोटरले एक सर्वेक्षण गरेको थियो जस अनुसार ६८ प्रतिशत भारतीय ले चीन देशको निम्ति ठूलो चिन्ताको विषय भएको स्वीकारेका छन्। त्यस्तै सन् २०२० को अगस्ट महिनामा इन्डिया टुडे मुडले पनि एक सर्वेक्षण गरेको थियो जस अनुसार ८४ प्रतिशत भारतीय ले चिनियाँ राष्ट्रपति सि जिनपिङ ले प्रधानमन्त्री मोदीलाई धोका दिएको धारणा व्यक्त गरेका छन्।त्यस्तै २०२० को नोभेम्बरमा अनलाइन फर्म लोकलसर्कलस् ले गरेको एक सर्वेक्षण अनुसार ७१ प्रतिशत भारतीयले चीनको विरोध गरेका थिए। २०२१ को जनवरी र मे महिनामा गरिएको सर्वेक्षण मा २ सय ८१ जिल्ला का १७ हजार ८०० मानिसको अन्तरवार्ता लिइएको थियो। जसमा ४३ प्रतिशत मानिस ले चीनिया सामान नकिनेको बताएका थिए।त्यस्तै प्यू, ग्यालअप र अन्य एजेन्सीहरू द्वारा गरिएको जनमत सर्वेक्षण अनुसार महामारी फैलाएको कारण विश्वव्यापी रूपमा चीन प्रति असन्तुष्टि बढ्दै गएको देखिएको थियो।
चीनले जानेर वा नजानेर फैलाएको महामारी ले भारतमा मात्र होइन विश्वभर हाहाकार मच्चाएको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति जो बिडेनले आफ्ना गुप्तचर विभाग लाई वुहान बाट सुरु भएको कोरोना भाइरस को वास्तविक उत्पत्ति बारे अनुसन्धान थाल्न आदेश दिसजेका छन्। अब हेर्न बाँकी नै छ कहीं कतै चीनले यो भाइरस जैविक हतियारको रुपमा जानाजानी विश्वमा फैलाएको त होइन।चीनले बारम्बार आफुले “खुला, पारदर्शी र दक्ष” रुपमा महामारी बारे बताउँदै आएको र निस्पक्ष रुपमा अनुसन्धान लाई सघाएको बताउँदै आएपनि यसले विश्व समुदायको शंकालाई भने तोड्न सकेको छैन।वुहानका तत्कालीन मेयरले स्वीकार गरे अनुसार शहरलाई लकडाउन गर्न अघि ५० लाख भन्दा बढी नागरिक शहर बाट बाहिरिसकेका थिए जस कारण महामारी यति तिव्र गतिमा विश्वको हरेक कुनामा फैलियो।यसैबीच, अमेरिका, फ्रान्स र अन्य विकसित राष्ट्र बाट प्रशिक्षण प्राप्त गरेका वुहान इन्स्टिच्युट अफ भाइरोलजीका डा. शी झेन्ग्ली र अन्य भाइरोलोजिस्टहरु अहिले दुनिया को नजरमा आएका छन्। डा. यान लिमेङ्ग चीनबाट भागेर अमेरिका पुगेका थिए। उनी पनि चिनिया भाइरोलोजिस्ट हुन र उनले बताए अनुसार असंख्य सैनिक संस्था जैविक हतियारको विकास गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनले २०२० को फेब्रुअरी महिनामा र २०२१ को जनवरी महिनामा अनुसन्धान गरेको थियो। त्यतिबेला पनि चीनले वास्तविक रगत नमुना र अन्य प्रमाण लुकाएको थियो। “स्वतन्त्र, निष्पक्ष र व्यापक अनुसन्धान” मा कुनै सहयोग गरिएको थिएन।भारत मात्र होइन अन्य देश पनि बेजिङ्गको यस दमनकारी व्यवहार प्रति आक्रोशित भएका छन्।जापानमा पनि सेन्काकू टापु विवाद का कारण चिनियाँ तटरक्षक र वायुसेनाबाट कम्तीमा पनि ६ सय वर्षेनी उलंघन हुने गर्दछ। गत वर्ष मात्र ३ हजार भन्दा बढी चीनिया अवैध उडानले चीन र ताइवान बीच को मध्य रेखा पार गरेको थियो। यस क्रममा चीनले थुप्रै आणविक सक्षम बमवर्षक र लडाकू विमानहरू उडाएको थियो। भियतनाम, मलेसिया र फिलिपिन्सले पनि दक्षिण चीन सागरमा चिनियाँ नौसेनाको अतिक्रमणको गुनासो गर्दै आएका छन्।त्यसमाथि महामारी फैलिएको यस विषम परिस्थितिमा देश दुनियाको मद्दत गर्नु सट्टा चीन आफ्नो शक्ति बढाउन तर्फ लागिरहेको छ।
यसप्रकार, चीनको विदेश मन्त्रालयका प्रवक्ताहरू झाओ लिजा , हुवा चुन्याङ, वाङ्ग बिन र अन्यले चौतर्फी आक्रमण गर्न सुरु गरेको छ।झाओले २०१९ को अक्टोबर महिनामा वुहान विश्व सैन्य खेलकुद कार्यक्रममा जैविक हतियार लगाएको आरोप लगाएका छन्। फ्रान्सका लागि चीनकाराजदूत लु शायेले फ्रान्सेली संसदीय सदस्यहरु माथि प्रश्न गरेका थिए। जबकि उनका दूतावासका कर्मचारीले एक फ्रान्सेली अनुसन्धानकर्तालाई “पागल हाइना” भनेर आलोचना गरेका थिए। त्यस्तै बेलायत ले हुआवेई ५ जी दूरसंचार व्यापारिक सम्झौता माथि प्रतिबन्ध लगाएको थियो।सोही सन्दर्भमा बेलायतका लागि चीनका राजदूत लियू सियामिंगले बेलायती संसदको आलोचना गरेका थिए।अस्ट्रेलियाले पनि चीन माथि व्यापारिक प्रतिबन्ध लगाउँदा उस्तै किसिमको चिनियाँ आलोचनाको सामना गर्नुपरेको थियो।
यही जुलाई महिनाको १ तारिख मा चीनले कम्युनिष्ट पार्टीको सयौं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ र अर्को वर्ष कंग्रेस को २० औं वार्षिकोत्सव मनाउने तैयारी गरिरहेको छ। यस्तो समयमा चीनको बाहिरी राष्ट्रवादी आवरणहरू धुमलिएको छ।यद्यपि घरेलु राजनीतिक असन्तुष्टि झल्काउँदै कम्युनिष्ट पार्टीमा रहेका प्रतिद्वन्द्वी गुटहरू बीचको रसाकसी पनि बाहिर नआएको भने होइन।विगत केही वर्षहरूमा राष्ट्रपति शी जिनपिंगले अत्यधिक गुटबन्दी उन्मुख भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्दै आएका छन्। यस बीच जियाङ जेमिन र हु जिन्ताओ जस्ता पूर्व नेताहरु सँग सम्बन्ध भएका थुप्रै अधिकारीहरुलाई पक्राउ गरिएको छ।
जु झांग्रुन, वु कियाङ, रेन झिजाङ, मा युन, र अन्य प्रभावशाली बौद्धिक र व्यावसायिक व्यक्तित्व या त पक्राउ परेका छन् या त नजरबन्दमा छन्। यसले चीनमा कठिन राजनीतिक परिस्थिति को सिर्जना गरेको छ।यद्यपि सी जिनपिङ को राष्ट्रपति पदको अवधि २०१८ संसदीय सत्रमा बढाइलको थियो। तर विभित क्षेत्रबाट उनको अत्यधिक केन्द्रीकृत शासन विरुद्ध राजनीतिक गतिरोध भने आइरहेका छन्।इन्टरनेट र मीडियाको स्वतन्त्रता मा प्रतिबन्ध लगाइएको छ। तर आउने समयमा आन्तरिक राजनीतिक गतिरोध र आन्दोलन नहोला भन्न सकिन्न।
स्रोत : ईन्डीया नीवोज नेटवर्क