१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ १६, २०७८

बुटवल – लुम्बिनी प्रदेशमा धान खेती हुने कूल क्षेत्रफलको ४७.७ प्रतिशत खेतमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख ३४ हजार ३.५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार १४ गतेसम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको हो । गत वर्षको तुलनामा असार १४ गतेसम्म यस वर्ष ३ प्रतिशत बढी रोपाइँ भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका बाली विकास अधिकृत दिनबन्धु पौडेलका अनुसार रोल्पामा सबैभन्दा बढी ९० प्रतिशत खेतमा रोपाइँ भएको छ भने गुल्मीमा सबैभन्दा कम ७.७ प्रतिशत खेतमा रोपाइँ भएको छ ।

रुपन्देहीमा ५५ प्रतिशत, बर्दियामा ६३ प्रतिशत, नवलपरासी पश्चिममा ६० प्रतिशत, दाङमा ६० प्रतिशत, कपिलवस्तुमा २४.९ प्रतिशत, रुकुम पुर्वमा ६३ प्रतिशत, प्युठानमा ८० प्रतिशत, बाँकेमा २० प्रतिशत, पाल्पामा ३०.७ प्रतिशत र अर्घाखाँचीमा ५७.८ प्रतिशत धान खेतमा रोपाइँ भइसकेको पौडेलले जानकारी दिए ।गत वर्ष प्रदेशमा ३ लाख १७ हजार ४४५ हेक्टर अर्थात ९४.८४ प्रतिशत धान खेतमा रोपाइँ भएको र १३ लाख २५ हजार ४ सय ६४.८९ मेट्रिक टन धान उत्पादन भएको अधिकृत पौडेलले बताए । लुम्बिनी प्रदेशमा ६ लाख ८६ हजार ७०४ हेक्टर खेतीयोग्य जमिन छ । धान खेती हुने अधिकांश खेतमा सिंचाइ सुविधा रहेको पौडेलले बताए ।

कृषिबाट प्राप्त हुने कूल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशतत रहेको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ । जसमध्ये लुम्बिनी प्रदेश धान उत्पादनमा पहिलो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]