महोत्तरीको गौशालामा एक महिलाको काेराेना संक्रमणबाट निधन भएको छ । गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गौशाला बजारकी अन्दाजी ४० बर्षीय महिलाको कोरोना संक्रणमबाट निधन भएको हाे ।
दुई दिन अघि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाए पछि कोरोना पुष्टी भएको आइसुलेट गरिएको थिए । आइतबार उनको उपचारको क्रमा प्रादेशिक अस्पतालमै मृत्यु भएको गौशाला नगरपालिको स्रोतले जनाएको छ ।