१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १७, २०७८

आजकल अनलाइन गेमिङमा रूचि राख्नेहरूको संख्या बढ्दो छ । बच्चादेखि वयस्कहरूले अनलाइन गेमिङको आनन्द लिइरहेका छन् । तर यसबीचमा बेलाबेलामा स्तब्ध पार्ने घटना पनि सुन्ने गरेका छाैं ।

हालसालै भएको घटना भारतस्थित छत्तिसगढको कान्केरको हो । त्यहाँकी एक महिलाले अनलाइन गेमिङका कारण तीन महिनामै तीन लाख २२ हजार भारतीय रुपैयाँ (करिब पाँच लाख १५ हजार रूपैयाँ) गुमाएकी छन् ।ती महिलाले खाता जाँच गर्दा ३.२२ लाख गायब भएपछि अनलाइन जालसाँजीको शंकाले प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिन् । त्यसपछिको छानबिनमा पुलिसले पत्ता लगायो कि, हराएको पैसा उनकै १२ वर्षीय छोराले अनलाइन गेम फ्रि फायरको लेभल अपग्रेड गर्न र हतियारहरू किन्न खर्च गरेका रहेछन् ।

रिपोर्टअनुसार विद्यालयकी शिक्षिका शुभ्रा पालको खाता मार्च ८ देखि जुन १० बीचमा २७८ पटक कारोबार भएको छ, जसा ३.२२ लाख भारू उनको खाताबाट झिकिएको छ ।अर्को महत्वपूर्ण कुरा के भने पैसा निकालेको बेला उनको मोबाइलमा ओटीपी कोडसमेत आएको थिएन । यो देखेर, प्रहरीले अनलाइन चिटिङ भएको आशंकामा अनुसन्धान अगाडि बढाएकाे थियाे ।

यसपछि लाखौं रूपैयाँ फ्रि फायर अनलाइन गेम खेल्न र गेमको लेभल अपग्रेड गर्न उनकै छाेराले झिकेकाे थाहा भयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]