११ मंसिर २०८१, मंगलबार
wait Please...

शुभ नारायण यादव

सोमबार, आषाढ २१, २०७८

सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिकामा कोरोना भाइरसको दर पुनः बढेको छ । दुई दिनअघि मात्रै २७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।

सो नगरपालिकामा पुनःसंक्रमण दर बढेसँगै नियन्त्रण गर्न स्थानीय तहसँग समन्वय गरी अघि बढेको उहााले बताउनु भयो । उता, नगर प्रमुख उत्तम कुमार गौतमले अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३५ जना पुगिसकेको बताउनु भयो । ‘संक्रमण नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण कार्य अघि बढाएको छ ।’यी सबै कुरालाई मध्य नजर गर्दै सोमवार बैठक बसेर संक्रमण देखिएका वडालाई सिल गर्ने र गाउँपालिकामा लकडाउन गर्ने तयारी तयारी थालेको उहााले बताउनु भयो ।

‘अहिले सबैभन्दा बढी संक्रमण वडा नम्बर १ मा पर्ने फत्तेपुर, रक्तमाला र सिबालय टोलमा देखिएको छ, संक्रमण नियन्त्रण गर्न सो वडालाई सिल गरेर परीक्षणको दायरा बढाउने े तयारी छ’ उहाँले नगरवासीलाई पनि संक्रमण जोगाउन नगर क्षेत्रभर नै केही साताका लागि लकडाउन गर्न बैठक बस्न लागेको बताउनु भयो ।’नगर प्रमुख गौतमका अनुसार नगरमा उपप्रमुखसहित हालसम्म संक्रमणबाट ११ जनाको निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]