११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ २४, २०७८

विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउन थालिएको हो ।

सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि अहिले पुनः निःशुल्क प्रसुती सेवा सुरु गरिएको नोबेल अस्पतालको स्त्री तथा प्रसुती बिभागका प्रमुख डा.गेहनाथ बरालले जानकारी दिए ।‘नोबेलमा आमा सुरक्षा कार्यक्रम रोकिएको थियो, अहिले पुनः सुरु भएको छ,’ डा.बरालले भने, ‘नोबेलमा निःशुल्क प्रसुती सेवासँगै प्रसुती गराउँनेलाई प्रोत्साहन स्वरुप यातायात खर्च पनि दिइन्छ ।’ प्रसुतीका क्रममा गरिने परीक्षण, बेड चार्ज, अप्रेशन चार्ज लगायत सेवा निःशुल्क छ । त्यस्तै, प्रसुती गराउँन आउँनेहरुलाई निःशुल्क सेवासँगै प्रोत्साहन स्वरुप यातायात खर्च वापत १ हजार रुपैयाँसमेत दिने गरिएको छ ।

घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नसक्ने भएकाले सरकारले अस्पतालमा प्रसुती गराउँन प्रोत्साहन गर्दै आएको छ । सोही कारण सरकारले प्रसुती निःशुल्क गरेर यातायात खर्च पनि उपलब्ध गराउँने व्यवस्था मिलाएको नोबेलले जनाएको छ । नोबेलको स्त्री तथा प्रसुती बिभागमा डा.बराल, डा.शान्ति सुवेदी, डा.सिता पोख्रेल लगायत बिशेषज्ञ डाक्टरहरुको टिम कार्यरत छ ।

उनीहरुले नै प्रसुती गराउँने गरेका छन् । बिशेषज्ञ डाक्टरबाट भरपर्दो सेवा पाइने हुँनाले नोबेलमा प्रसुती गराउँनेहरुको आकर्षण बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]