सप्तरी – सप्तरीमा बिषालु सर्पले टाेक्दा एक बालिकाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका वडा नं.२ हरिरावा टोल बस्ने संतोष यादवका ६ की काजल कुमारी यादवको मृत्यु भएको हो ।
धारामा पानी खान जाँदा घर भिताको दुलोबाट विषालु सर्पले टाेकेको थियो । यता सर्पले टाेक्दा गम्भीर घाइते बालिकाको उपचारको क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।