सर्लाही – जिल्लामा कोरोना संक्रमणको कारण ८५ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको निधन भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको सूचनाको आधारमा आज जिल्लामा एक जना पनि संक्रमित थपिएका छैनन् ।सर्लाहीमा हालसम्म ४ हजार ६ सय८३ जनामा कोरोना परीक्षण गरि सकिएको छ। जसमध्ये २ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।
सर्लाहीमा हाल ४५ जना सक्रिय संक्रमित रहेका सूचनामा उल्लेख छ।त्यस्तै २४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।