राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे व्यंग्यात्मक टिप्पणी गरेका छन्।
सर्वोच्चले सोमबार प्रतिनिधि सभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिए लगत्तै थापाले अदालतको फैसला कार्यान्वयन गर्न गाह्रो हुने दाबी गरेका हुन्।
“बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ– सर्वोच्च अदालतमा आज गोरू ब्यायो’’ थापाले ट्वीटरमा लेखेका छन्, “राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।’’