अमेरिका, उज्बेकिस्तान, अफगानिस्तान र पाकिस्तानले क्षेत्रीय सम्पर्क प्रवर्धन गर्नका लागि नयाँ क्वाड बनाउन सहमति जनाएका छन् ।
अमेरिकाले पाकिस्तानलाई पनि समेटेर अर्को क्वाड बनायो
चारै देशले अफगानिस्तानको दीर्घकालीन शान्ति र स्थिरता क्षेत्रीय सम्पर्कका लागि अत्यावश्यक रहेको अनुभव गर्दै शान्ति र सम्पर्कले एकअर्कालाई बलियो बनाउने सहमति गरेका हुन् ।
बलियो अन्तर्राष्ट्रिय व्यापारमार्ग खोल्ने ऐतिहासिक अवसर आएको भन्दै चारै देशले व्यापार विस्तार गर्न, ट्रान्जिट सम्पर्क बनाउन तथा व्यापारिक सम्बन्ध मजबूत बनाउन सहकार्य गर्ने उद्देश्य राखेका छन् ।
आपसी समझदारीमा आधारित रही यस सहकार्यका मोडालिटी निर्धारण गर्न पनि चारै देशले आगामी महिनाहरूमा भेटघाट गर्ने बताएका छन् ।