११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा हालसम्म २ लाख ७३ हजार ७४२ व्यक्तिलाई कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ६३ हजार ६१४ जना व्यक्तिहरु भने निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार ७ हजार २४१ सक्रिय संक्रमित रहेका छन्। उपत्यकामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५ हजार ५३७ सक्रिय संक्रमित रहेका छन्।हालसम्म काठमाडौंमा २ लाख ११ हजार १२६ जना संक्रमित भएका छन्, तीमध्ये २ लाख ३ हजार ६५२ जना निको भइसकेका छन्। १ हजार ९३७ जना संक्रमितको मृत्यु भएको छ।त्यसैगरी, भक्तपुरमा ८२९ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर हालसम्म २३ हजार २७८ जना संक्रमित भएका मध्ये २२ हजार ७४ जना निको भइसकेका छन्। ३७५ जना संक्रमितको मृत्यु भएको छ।

ललितपुरमा ८७५ सक्रिय संक्रमित रहेका छन्। ललितपुरमा ३९ हजार ३३८ संक्रमित मध्ये ३७ हजार ८८८ जना संक्रमित निको भइसकेका छन्। ५७५ संक्रमित मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयको हिजो (मंगलबार)को तथ्यांक अनुसार काठमाडौंमा ७१९ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा काठमाडौंमा ५३१,भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित भएका छन्।हिजो देशभरे ३ हजार १०८ जनामा संक्रमण देखिएको थियो। हिजो को यो संख्या दैनिक संक्रमितको संख्या १ महिनाको अवधिमा सबैभन्दा उच्च हो।

यसअघि गत जेठ २९ गते ३ हजार ३८४ जना संक्रमित थपिएका थिए। त्यसयता दैनिक थपिने संक्रमितको संख्या ३ हजारभन्दा कम थियो। हालसम्म नेपालमा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्। हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भएको छ।मंगलबारको तथ्यांक अनुसार देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५९२ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]