सप्तरी – अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई गृह जिल्ला रुपन्देहीमा कालो झण्डा देखाइएको छ। अर्थमन्त्री भएपछि पहिलोपटक गृह जिल्ल्ला आइपुगेका पौडेललाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले कालो झण्डा देखाएको हो।
सैनामैना जाने क्रममा बुटवलको नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका हुन्। त्यस क्रममा केहीबेर सडक अवरुद्ध पारिएको थियो। सडक अवरुद्ध गराउँदा प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका पौडेलले प्रदेशको राजधानी तोक्ने बेलामा अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप लागेको थियो। बुटवललाई प्रदेशको राजधानी बनाउने भन्दै चुनावी नारा बनाएका पौडेलले प्रदेशको राजधानी तोक्ने बेला अर्थमन्त्री पद पाएपछि चुप लागेको आरोप छ।