कैलाली – सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहिबार ४४६ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ११ र ३० जनामा पिसिआर विधिबाट गरिएको परिक्षणमा ४ जना गरी १५ जना संक्रमित थपिएका हुन।
यो सँगै प्रदेशमा संक्रमितको संख्या ४४ हजार ७ सय १७ पुुगेको छ । बिहिबार कोरोनाका कारण कसैको मृत्यु नभएपनि हालसम्म प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। निर्देशनालयका अनुसार बिहिबार ५१ जनाले कोरोना जितेर घर फर्किएका छन।