१४ मंसिर २०८१, शुक्रबार
wait Please...

शुभ नारायण यादव

शनिबार, साउन १६, २०७८

सप्तरी – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्रि भरत प्रसाद साहले पित पत्रकारीता गर्नेलाई कानुन बमोनिम कार्बाही र सञ्चार क्षेत्रमा उल्लेखनिय कार्य गरे वापत पुरुषकृत समेत गर्ने बताउनु भएको छ ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)सप्तरीको आयोजनामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सो कुरा मन्त्रि साहले वताएका हुन । सञ्चार राष्ट्रका चोथो अंगको रुपमा रहेकोले प्रेस स्वतन्त्राको पक्षमा प्रदेश सरकार सदैव रहने प्रतिबद्वता ब्यक्त गर्नु भयो । पितपत्रकारीता गर्नेलाई अनुगमन गरी कानुन बमोनिम कार्बाही गरिने बताउदै सञ्चार समाजका ऐना भएकोले उल्लेखनिय कार्य गरे वापत पदक मार्फत सम्मान गरी प्रत्योसाहन गरिने बताउनु भयो । प्रदेशमा प्रशासनिक क्षेत्रमा प्रहर िप्रशासनलाई चुस्त दुरुस्त बनाइ शान्ति,सुरक्षा र समृधि तिर अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो । यसै गरी प्रदेश २ का साँसद जगत प्रसाद यादवले माओेबादी पार्टीले देशमा ठुल्लो राजनैतिक परिर्वतन आएको ठोकुवा समेत गर्नु भयो । उहाँले राजनैतिक परिर्वतनसगै संधियता,पहिचान,समावेशिता,समानुपातिक लगायतका मुदा स्थापित गर्न पार्टी लागी परेको बताउनु भयो । सप्तरी जिल्ला कमिटीमा कुनै विवाद नरहेको बताउदै केपी ओलीको कारण पार्टीमा बिभाजन भई पहिलेको अबस्थामा फर्केकोले सो अनुरुप सप्तरीको हकमा आशोक कुमार मंडल (अमर )नै जिल्ला अध्यक्ष रहेको बताउनु भयो ।

पार्टीमा केन्द्रीय कमिटीका एक जना ब्यक्तिले आफु खुशी निर्णय गरी अरलाई अध्यक्ष बनाउने कार्य अबैध अबैधानिक भएको बताउनु भयो । प्रदेश २ का साँसद यादवले यसको प्रष्ट धारणा छिटै केन्द्रीय कमिटीले निर्णय गर्ने बताउनु भयो । जिल्ला अधयक्ष आशोक कुमार मंडल (अमर ) को अध्यक्षतामा सम्पन्न पार्टीको दोश्रो बैठकले पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि नेता तथा जिम्मेवार कार्यकर्ताहरुलाई कार्यस्थल तोकेको छ । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र) प्रदेश सदस्यत्रय महेशप्रसाद यादब, अरुण साह, छेदी रजक , माननीय प्रमिल्ला यादब, जिल्ला सदस्य तथा बिभिन्न भातृत्वका संध संगठनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । सधिय निर्वाचन क्षेत्र १मा आशोक कुमार मंडल (अमर ),सधिय निर्वाचन क्षेत्र २मा महेश प्रसाद यादव, सधिय निर्वाचन क्षेत्र ३मा छेदी रजक र सधिय निर्वाचन क्षेत्र ४ मा अरुण साह रहेका छन । प्रदेश निर्वाचन क्षेत्र १ क मा संतोष खतिवडा, क्षेत्र ख मा बशन्त मण्डल, प्रदेश निर्वाचन क्षेत्र २क मा दिपेन्द्र माझी, क्षेत्र ख मा मुकेश यादव, प्रदेश निर्वाचन क्षेत्र ३क मा हरि नारायण महतो, क्षेत्र ख मा शेर सिंह, प्रदेश निर्वाचन क्षेत्र ४ क मा दिलिप यादव, क्षेत्र ख मा लक्ष्मी चौधरी रहेका छन ।

अधयक्ष मण्डलको अनुसार, जिल्ला कमिटीका जिम्मेवार सदस्यहरु रहने गरी १८ वटै पालिकामा छुट्टाछुट्टै अगुवा नेता तथा कार्यकर्ता तोकिएको छ । सप्तकोशीमा भरत पौडेल, कञ्चनरुपमा राम बिहारी राउत, अग्नीसाइर कृष्णासवरणमा रुपनीमा सिधेश्वर साह, हनुमानगर कंकालनीमा राहुल मण्डल, तिरहुतमा बिशेश्वर यादव, तिलाठी कोइलाडीमा मुनि लाल मुखिया, महदेवामा मनोज यादव, छिन्नामस्तामा जयप्रकाश यादव, विष्णुपुरमा रामकुमार राय, राजगढमा मो।ईब्राहिम ,बोदे बर्साइनमा हिरा यादव, राजविराजमा रामगमन साह, शम्भुनाथमा गणपति साह, बलान विहुलमा इनदल यादव, खडकमा उचितचौधरी र सुरुङ्गामा वलराम पाठक संयोजकको जिम्मेवारी दिएको छ ।त्यस्तै आर्थिक समितिमा सयोजक महेश प्रसाद यादव,सदसयमा छेदी रजक,अरुण साह,युवा संयोजकमा भुपेन्द्र यादव,ईन्चार्यमा मधुसुदन यादव,विधार्थीमा रंजित मण्डल ,ईन्चार्य जेपी यादव,किसानमा हिरा यादव,ट्ेड युनियनमा उपेन्द्र पासवान,महिलामा कविता ठाकुर,बुधिजिवीमा अनिल कुमार अनल,प्रेश संगठनमा देवराम प्रसाद यादव,जनसांस्कृतकिमा दयाननद सदा,सिक्षकमा धनशयाम यादव,मुस्लिममा मोहमद तजमुल मियाँ,सामाजिक सञ्जालमा राजु जयशवाल,कर्मचारीमा मनोज यादव,ओबिसीमा भगिरथ साह,शहिद,वेपता परिवारमा राजेश राम,दलितमा राम कुमार राम,जनजातीमा खडक बहादुर तामांग,ईनिजिनियरमा गोपाल साह,मधेशीमा भगवती यादव,खेलकुदमा मनोज यादव लगायतलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]